स्टार्ट–अप फेयर ‘रिभ्याम्प नेपाल’ को दोस्रो संस्करण आयोजना हुने भएको छ। यही भदौ ११ र १२ गते आयोजना हुन लागेको रिभ्याम्प नेपालको दोस्रो संस्करणमा थुप्रै कम्पनी र स्टार्ट–अपहरूको सहभागिता हुनेछ।
कोरोना महामारीका कारण विश्वव्यापी स्वास्थ, आर्थिक एवम् सामाजिक क्षेत्रमा ठूलो असर पुर्याएको छ। यसकै कारण ठूला तथा साना व्यवसायलाई पनि असर पारेको छ। अझ यसको सिधा प्रभाव साना व्यवसाय र उद्यमहरूमा देखिएको छ।
यस्तोमा ‘रिभ्याम्प नेपाल २.०’ले उनीहरूमा सकारात्मक प्रभाव पार्ने र स्टार्ट–अप एवम् उद्यमहरूलाई विस्तार गर्न मद्दत पुर्याउने लक्ष्य राखेको छ। अहिलेको अवस्थालाई मध्यनजर गर्दै ‘रिभ्याम्प नेपाल २.०’ भर्चुअल हुन लागेको छ।
‘रिभ्याम्प नेपाल’ नेपाली कपडा ब्रान्ड फाइब्रो, सरल माइन्ड, टेक साथी र आइडिया जारको संयुक्त प्रयासमा आयोजना हुँदैछ। यो एक एक्जिबिसन सँगसँगै नेटवर्किङ इभेन्ट समेत हो।
यसभन्दा अघि रिभ्याम्प नेपाल २.० गत साउन २९ र ३० गते आयोजना हुने भनिएको थियो। तर विभिन्न कारण कार्यक्रम निर्धारित समयमा हुन सकेको थिएन। अब भने कार्यक्रम यही शुक्रबार र शनिबार आयोजना हुने भएको हो। भर्चुअल हुन लागेको रिभ्याम्प नेपाल २.० मा एक सयभन्दा बढी स्टार्ट–अप सहभागी हुनेछन्।
आयोजकहरूका अनुसार यसले सहभागीहरूबीच प्रत्यक्ष सम्पर्क राख्न प्लेटफर्म दिनेछ। र एक अर्काबीच ग्राहक सेवा, आफ्नो सामग्री र पार्टनबारे छलफल गर्न सक्नेछन्।