कुवेतको ख्यातिप्राप्त अल मुल्ला एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ।
अल मुल्ला एक्सचेन्ज कुवेतको पहिलो मोबाईल एप्लिकेसन सुरु गर्ने रेमिट्यान्स कम्पनी हो। जसको १ सय २ स्थानहरुमा शाखा उपलब्ध छन्।
कुवेतमा भएका नेपालीहरुले अल मुल्ला एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै नेपालमा पैसा पठाउन सक्नेछन्।
नेपालमा सिटी एक्सप्रेससँंग आवद्ध १२ हजारभन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ। सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा १५ वर्षदेखि संसार भरबाट विप्रेषण सेवा दिइरहेको छ।