श्रीलंकन एयरलाइन्सले ३१ अगस्ट, मंगलबारदेखि काठमाडौं-श्रीलंका सिधा उडान गर्ने भएको छ।
हाललाई हप्ताको दुई उडान मात्र हुने नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभल प्रालिका म्यानेजर दीपक मैनालीले बताए।
‘रोजगारीका लागि श्रीलंका जाने नेपालीहरुका लागि लक्षित गरेर उडान सुरु गरेका हौं। अवस्था सामान्य भएपछि हाम्रो भूमिका पर्यटन प्रवर्द्धनमा समेत हुनेछ,’ मैनालीले सेतोपाटीसँग भने।
जापान, अस्ट्रेलिया र लण्डनमा पनि उडान सुरु गर्ने याेजना भएको उनले बताए। यी उडान सेप्टेम्बर मध्यबाट सुरु गर्ने तयारी गरिएको उनले जानकारी दिए।
कोभिड महामारीको अवस्था सामान्य भएपछि पर्यटकहरुलाई नेपालसँग जोड्न उल्लेख्य भूमिका खेल्ने उनले बताए।
हाल एयरलाइन्सले साउदी, दोहा, माल्दिभ्स, दुवई उडान गरिरहेको छ।