नेपालबाट निर्यात हुने नेपाली धागोमा भारतीय सरकारले एन्टिडम्पिङ ड्युटी नलगाउने भएको छ।
एन्टिडम्पिङ ड्युटी लगाउनु नपर्ने निर्णय गरी राजपत्रमा सूचना जारी गरेको कागजात प्राप्त भएको नेपाल धागो उत्पादक संघले जानकारी दिएको छ।
भारतीय वाणिज्य मन्त्रालयले २१ मे २०२० मा त्यहाँको राजपत्र मार्फत सूचना जारी गरी नेपालबाट भारत निर्यात हुने धागोमा एन्टिडम्पिङ ड्युटी लगाउने भनेको थियो।
नेपाल सरकार वाणिज्य मन्त्रालयले तात्कालिन सचिव चन्द्र कुमार घिमिरे तथा वैकुण्ठ अर्यालको निर्देशनमा समिति गठन गरी पत्राचार, छलफल गरेपछि उक्त ड्युटी नलगाउने निर्णय गरेको संघका सचिव उत्तम गौतमले जानकारी दिए।
हाल स्वदेशमा रहेका धागो उद्योगहरुले विदेशमा बजार खोजी आफ्नो उत्पादनको ८० प्रतिशत धागो निर्यात गरिरहेका छन्। स्वदेशमा उत्पादन भएको धागाको प्रमुख बजार हालको अवस्थामा छिमकी राष्ट्र भारत र युरोपियन राष्ट्र टर्की रहेको छ।