पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला भर्चुअल हुने भएको छ।
कोरोना महामारीका कारण अनलाइन बजारीकरण बढेसँगै महिला उद्यमी महासंघले भर्चुअल मेला आयोजना गरेको हो।
महासंघले विगत चार वर्षदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय व्यापार मेला सञ्चालन गर्दै आएको थियो। गत वर्षदेखि भने भौतिक उपस्थितिमा मेला आयोजना गर्न नसकिएको हो।
यो पटकको मेला यहि भदौ १७ देखि २१ गतेसम्म चल्नेछ। सहकार्य गरौं, सफल बनौं भन्ने नाराका साथ मेला आयोजना गरिएको महासंघले जानकारी दिएको छ। मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन्। भदौ १६ गते दिउँसो तीन बजे उद्घाटन गरिनेछ।
मेलाबाट वस्तु तथा सेवाहरुको प्रदर्शनी, प्रवद्र्धन, बजारीकरण तथा बिक्रीका लागि सहयोग पुग्ने अपेक्षा छ। साथै अनलाइन व्यवसायका लागि महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने उल्लेख छ।
मेलाले नयाँ उत्पादन, सेवा तथा प्रविधिलाई बढवा दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास महासंघको छ।
भर्चुअल मेला उद्घाटन प्रत्यक्ष प्रसारण यो लिंकमा हेर्न सकिन्छः https://www.facebook.com/WinBiz.com.np
त्यस्तै यहाँ https://expo.winbiz.com.np बाट मेलाको अवलोकन गर्न सकिन्छ।