अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले ग्राहकहरुको लागि खल्तीमा उपलब्ध ४ सयभन्दा बढी सहकारी खातामा निःशुल्क रकम पठाउन सकिने सेवा कार्यान्वयनमा ल्याएको छ।
यस सेवा अन्तर्गत प्रयोगकर्ताहरुले खल्तीबाट आफ्नो सहकारी खातामा प्रत्येक पटक २५ हजार र दिनको १ लाखसम्मको रकम निःशुल्क पठाउन वा जम्मा गर्न सक्नेछन्।
त्यसैगरी प्रत्येक महिनाको अधिकतम १० पटक वा २ लाख ५० हजारसम्मको रकम बिना कुनै सेवा शुल्क खल्तीबाट कुनै पनि सहकारी खातामा ट्रान्सफर गर्न सकिन्छ।
खल्ती केवाईसी भेरिफाई गराएको प्रयोगकर्ता, खल्ती पसल, र एजेन्टहरुको हकमा यो अफर लागु हुने कम्पनीले बताएको छ। नयाँ ग्राहकले खल्ती एप डाउनलोड गरी खल्ती केवाईसी भेरिफाई गरेपछि यो अफरमा सहभागी हुन सक्नेछन्।
१९ लाख बढी प्रयोगकर्ता भएको खल्तीले चार वर्षभन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न सहयोग पुर्याउँदै आइरहेको छ।
खल्ती वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ।