भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्टले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्स्फर, चट्ट कार’ उपहार योजनाका बिजेतालाई गाडी हस्तान्तरण गरिएको छ।
योजनामा झापा विर्तामोडका उज्जल अधिकारीले हुण्डाइको ग्राण्ड आइटेन गाडी जित्न सफल भएका हुन्।
उनलाई एक कार्यक्रमकबीच फोनपेका प्रमुख कार्यकारी अधिकृत अद्धेत तुलाधर र नबिल बैंकका चिफ मार्केटिङ अफिसर कविन्द्र प्रसाद श्रेष्ठ र फोनपेका ब्राण्ड एम्बेस्डर सन्दिप क्षेत्रीले गाडी हस्तान्तरण गरेका हुन्।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको यो योजना फागुन २३ देखि असार मसान्तसम्म सञ्चालन भएको थियो।
फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन्, भने ४ लाख ५० हजार बढी मर्चेन्ट छन्।