‘एप एक क्यु आर अनेक’ नाराका साथ अब आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्यु आर स्क्यान गर्दा १ हजारसम्म जित्न सक्ने योजना सार्वजनिक गरिएको छ।
योजना भदौ १६ देखि असोज १४ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ। नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यु आर, युनियन पे र आइएमई पे क्युआर सेवाग्राहीहरुले सजिलै आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्।
नेपालमा क्यु आर स्क्यान गरी भुक्तानी गर्ने व्यवहार बढ्दै गरेको सन्दर्भमा आइएमई पेको यो सेवाले डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने कम्पनीले विश्वास गरेको छ।
सबै क्युआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने आइएमई पे एप एक मात्र विद्युतीय भुक्तानी सेवा प्रदायक एप हो।