अनलाइन बजार दराजले ग्राहकहरुको लागि अनलाइन सपिङ अझ सुविधाजनक बनाएको छ।
आईएमई पेसँग साझेदारी गरी देशका बिभिन्न भागहरुमा नयाँ ड्रप अफ पोइन्ट्सको सुरुआत भएको दराजले घोषणा गरेको छ।
यस साझेदारीबाट आइएमई पे हबले दराज ग्राहकहरुको लागि ड्रप अफ पोइन्ट्सको रूपमा काम गर्ने दराजले जानकारी दिएको छ।
अब ग्राहकले आफ्नो नजिकको आईएमई पे हबमा गएर कुनै पनि सामान सजिलै फिर्ता गर्न सक्नेछन्।
दराले बज्र सब रेमिट –जोरपाटी काठमाडौं, हेलो हाई कनेक्सन –जावलाखेल, ललितपुर सिम्पल सब मनि ट्रान्सफर –कोटेश्वर, काठमाडौं, पीबी ट्राभल्स एण्ड टुर्स–बुद्ध चोक, पोखरा, सामभावी ट्रेडर्स बैंक अफ काठमाडौं, बिराटनगर र न्यू वीरगञ्ज मनि ट्रान्सफर–भानु चोक, वीरगञ्जलाई ड्रप अफ पोइन्ट्सको रूपमा विस्तार गरेको छ।
यी ६ स्थानसँगै थप १८ वटा स्थानहरु अर्को हप्ता भित्र खोलिने कम्पनीले जानकारी दिएको छ।
ग्राहकलाई अनलाईन डिजिटल प्लेटफर्मको प्रयोग गर्न सहज र सुविधाजनक बनाउन यो योजना सार्वजनिक गरेको दराजले बताएको छ।
ग्राहकहरुले दराज एप मार्फत सामान फिर्ता गर्ने क्रममा दुई विकल्प रोज्न पाउने छन्। पहिलो विकल्पमा ग्राहकले दराजको डेक्स राईडरलाई बोलाई आफ्नो सामान फिर्ता दिएर पठाउन सक्छन्, भने दोस्रो विकल्प इच्छुक ग्राहकहरु आफैं ड्रप अफ पोइन्टमा गई सामान छोड्न सक्नेछन्।