अनलाइन किनमेल बजार दराजले शपयोग्य लाइभ स्ट्रिम दराज लाइभ सुरु भएको घोषणा गरेको छ।
दराज मोबाइल एप्लिकेसनमा उपलब्ध हुने दराज लाइभ दराजको शपरटेनमेन्ट योजनाको एक भाग भएको बताएको छ। यस मार्फत ग्राहकले वास्तविक सामानको अनुभव गर्ने र घरमै बसेर ब्रान्ड, उत्पादनहरुको विस्तृत जानकारी पाउन सक्नेछन्।
दराज लाइभ स्ट्रिम दराज मोबाइल एपको माध्यमबाट हरेक सोमबारदेखि शुक्रबारसम्म दिनमा तीन फरक समयमा आयोजना गरिनेछ। ग्राहकले दिनमा १२, ४ र ६ बजे दराज एप मार्फत लाइभ हेर्न पाउने छन्।
दराज लाइभ सामाजिक सञ्जाल लाइभ स्ट्रिममा हुने प्रत्यक्ष प्रसारणभन्दा अलि फरक हुने र अन्तरक्रियात्मक हुने दराजले बताएको छ।
लाइभ मार्फत् ग्राहकले क्यु एण्ड ए, फ्ल्याश सेल्स, अन्बक्सिङ, गिवअवे देखि भाउचर जित्ने मौका र अरु थुप्रै अवसरको मज्जा लिन सक्नेछन्।
एन्ड्रोइड स्मार्टफोन ग्राहकले लाइभ स्ट्रिममा सामेल हुन दराज एप अपडेट गर्नुपर्ने र आईओयस प्रयोगकर्ताहरुको लागि एप अपडेट ६ सेप्टेम्बरमा उपलब्ध हुने दराजले बताएको छ।