अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि माग गरेको आवेदनको फारम शुल्क खल्ती बाट सजिलै तिर्र्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ।
आवेदकहरुले विभिन्न पदको लागि नेपाल विद्युत प्राधिकरणको आधिकारिक वेबसाइटबाट आवेदन फारम भरि त्यसमा लाग्ने दस्तुर खल्ती बाट सजिलै भुक्तानी गर्न सक्नेछन्।
दरखास्त दिने मिति यही भाद्र १८ देखि असोज ७ सम्म रहेको छ। यद्यपी, इच्छुक तथा योग्यता पुगेका उम्मेद्वारहरुले २०७८ असोज १४ गते सम्म दोब्बर दस्तुर तिरी अन्तिम दरखास्त दिन सक्नेछन्।
कार्यालयमा धाईरहनु पर्ने वा लाइनमा घण्टौ बस्न पर्ने झन्झटलाई डिजिटल भुक्तानीको माध्यमद्वारा न्यूनिकरण गर्ने उद्देश्यले सेवा सञ्चालनमा ल्याएको खल्ती डिजिटल वालेटका प्रबन्धक, जोनाम भुर्तेलले जानकारी दिए।
प्राधिकरणको आधिकारीक वेबसाइटबाट विभिन्न पदको लागि अनलाइन फारम भरीसकेपछि पेमेन्ट विकल्पमा खल्ती छनौट गरी त्यसमा लाग्ने शुल्क भुक्तानी गर्न सकिन्छ।
खल्ती वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्स मार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता सेवाहरु लिन सकिन्छ।