डिजिटल वालेट कम्पनी खल्तीले सम्सारा रेमिट मार्फत् देश तथा विदेशबाट पठाएको पैसा सजिलै पाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ।
अब नेपालमा रही खल्ती मार्फत नेपालको जुनसुकै ठाउँमा विदेशबाट पठाएको पैसा पाउन र नेपाल भरिबाट पैसा पठाउन र पाउन सक्नेछन्।
कतार, मलेसिया, फ्रान्स, लेबनान, इराक, दुबई, दक्षिण कोरिया, जर्मनी तथा मध्य पूर्व राष्ट्रहरुबाट सम्सारा मार्फत् पैसा पठाउन सकिनेछ।
खल्तीबाट रेमिट्यान्स पठाउन वा पाउन ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्छ। त्यसै गरी नयाँ प्रयोगकर्ताहरुले पनि आफ्नो खल्ती एप डाउनलोड गरी केवाईसी भेरिफाई गरीसकेपछि रेमिट्यान्स प्राप्त गर्न वा पठाउन सक्नेछन्।