एनसेल आजियाटा लिमिटेडले आफ्नो फोरजी सेवा विस्तारलाई केन्द्रित गर्दै नयाँ अभियान ‘डेटा सधैं अन’ सुरु गरेको घोषणा गरेको छ।
यस अभियानले मोबाइल ब्रोडब्याण्ड सेवाबाट पाउन सकिने अवसरहरुबाट लाभ लिनका लागि एनसेल फोरजी नेटवर्कका साथ सधैं कनेक्टेड र अन रहन प्रोत्साहन गर्ने एनसेलले जानकारी दिएको छ।
एनसेलले नयाँ प्रविधिहरु भित्राउँदै देशको दुई तिहाई भन्दा बढी जनसंख्यामा फोरजी सेवा बिस्तार गरिसकेको छ।
कोभिड–१९ को महामारीले निम्ताएको विषम् परिस्थितिबीच एनसेलले फोरजी ब्रोडब्याण्ड सेवालाई देशको ५५० भन्दा बढी स्थानीय तहसम्म विस्तार गरिसकेको छ र बाँकी रहेका स्थानमा पनि सेवा विस्तारको लागि कार्य गरिरहेको छ।
ग्राहकलाई सधैं डिजिटल्ली कनेक्टेड रहन प्रोत्साहित गर्नका लागि यस ‘डेटा सधैं अन’अभियान अन्तर्गत विभिन्न सेवा तथा अफरहरु सुलभ दरमा प्रदान गर्न एनसेल प्रतिबद्ध रहेको बताएको छ।
एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसार विभिन्न डेटा प्याकहरु सुरु गर्न सक्छन्। साथै विभिन्न अनलाइन प्लेटफर्म जस्तै एनसेल एप तथा वेबसाइटबाट पनि प्याकहरु सुरु गर्न सकिन्छ।
एनसेलले देशभरी ७२ लाख बढी ग्राहकलाई डेटा सेवा प्रदान गरिरहेको छ र त्यस मध्ये ४८ लाख ग्राहकले एनसेलको फोरजी सेवा प्रयोग गरिरहेका छन्।