सुजल फूड्स प्रालीले चोकोफनको २०औं वार्षिकोत्सव मनाएको छ। यस अवसरमा कम्पनीले चोकोफनको नयाँ विज्ञापन अभियान सुरु गरेको छ। नयाँ विज्ञापनले वन्ली चोकोफन भन्ने सन्देस दिन्छ।
चोकोफन देशकै पहिलो र ओर्जिनल चकलेट वाफर रहेको कम्प्नीको दावी छ।
उक्त विज्ञापनले बालबालिकाहरुको खुसीको अभिन्न अंगको रुपमा वन्ली चोकोफन छ भन्ने अभिप्राय बोकेको छ। यस विज्ञापनलाई बालबालिकाहरुले आफ्नो वास्तविक बाल्यकालसँग चित्रण गर्ने कम्पनीको विश्वास छ।
विज्ञापनमा बालबालिकाहरु एक अर्कासँग रमाइलो गरिरहेको, चोकोफनको उत्कृष्ट स्वादमा मग्न भएको प्रस्तुत गरिएको छ।
सुजल फूड्सको लोकप्रिय उत्पादन नै चोकोफन हो। अत्याधुनिक मेसिनरी र उच्च स्वास्थ्यकर वातावरणमा उत्पादन गरिएको उक्त चोकोफन गुणस्तरीयसहित स्वादिष्ट रहेको कम्पनीले बताएको छ।