आइएमइले दसैँको अवसरमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ। कम्पनीले असोज १ देखि कात्तिक २६ सम्म कायम हुनेगरी यो अफर लेराएको हो।
कुल ५७ दिनका लागि सेवाग्राहीमूखी उक्त अफर विहीबार एक कार्यक्रमकाबीच सार्वजनिक गरेको हो।
अफरअनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५,००० भन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई जनालाई पठाएको रकमको डबल, हरेक महिना दुईजना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल तथा बम्परमा एकजना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ।
साथै आइएमइ पेमा रकम प्राप्त गर्दा २०० थप बोनसको व्यवस्था मिलाइएको छ।
अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ। सेवा र शर्त अनुसार विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ।
कम्पनीकाअनुसार आइएमइका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैनन्
सेवाग्राहीहरुले आइएमइको जुनसुकै एजेन्ट संजालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रती योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ। छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्ने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिनेछ। योजनाको सर्वाधिकार सम्बन्धित कम्पनीमा नै निहित हुनेछ।
योजनाको अध्यावधिक जानकारी कम्पनीले संचालन गरेको आधिकारिक वेभ पेज, सामाजिक संजाल पेज, आमसंचार माध्यम, सहकार्यमा रहेका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर), क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय मार्फत सार्वजनिक गरिनेछ।