अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले शुक्रबार काठमाडौं उपत्यका भित्र आफ्नो आठौं शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखा नक्सालस्थित भाट-भटेनी डिपार्टमेन्टल स्टोरको प्राङ्गणमा खुलेको हो।
केएफसी रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टको रुपमा परिचित छ। नयाँ आउटलेटको मेन्यूमा केएफसीका विभिन्न चिकेन परिकार जस्तैः हट एन्ड क्रिस्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप्सलगायत बर्गर र अन्य परिकार राखिएको छ।
कोरोना महामारी र लकडाउनका कारण नयाँ आउटलेट सञ्चालनमा ढिलाइ भएको सिएफओ रितुराज शाहले जानकारी दिए।
'नेपालमा केएफसीको यो एघारौं आउटलेट हो। केही समय अघि नै सञ्चालन गर्ने योजना भएपनि महामरी कारण योजना अनुरुम ओपनिङ गर्न पाएनौं,' उनले भने।
नयाँ केएफसी आउटलेटमा रेष्टुरेन्टले विशेष कोरोना महामारी रोकथामका लागि सुरक्षा निती अपनाएको रितुराजले बताए। यसको लागि रेष्टुरेन्टले स्वच्छता, जाँच, सामाजिक दुरी र कन्ट्याक्टलेस सेवा गरी चार प्रकारका सुरक्षा मापदण्डहरू अनिवार्य गरेको छ।
१ हजार ६ सय ४० वर्ग फिटमा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ४० जना ग्राहकहरूले सेवा लिन सक्नेछन्। रेस्टुरेन्टले हाल बिहान ९ बजेदेखि रातिको साढे ८ बजेसम्म डाइन–इन, टेक-अवे र होम डेलिभरीमार्फत सेवा दिने बताइएको छ।
शुक्रबार नयाँ आउटलेट सञ्चालन घोषणासँगै कन्ट्री म्यानेजर विजय शर्माले यसमार्फत ग्राहक सेवा विस्तारमा मद्दत मिल्ने बताए।