इन्डोर तथा ओउटडोर रिटेल ब्रान्ड सोनमले वार्षिक उत्सव सेल अफर सार्वजनिक गरेको छ।
भदौ ३० गतेदेखि सुरु भएको सेल असोज १९ सम्म रहने कम्पनीले बताएको छ। अफर अन्तर्गत कम्पनीले छानिएको केहि आइटममा ८० प्रतिशत छुट साथै २०७८ का नयाँ गर्मी कोलेक्सनमा १५ प्रतिशत छुट दिएको छ।
यो योजना सोनमका सबै ओउटलेट तथा अनलाइनमा पनि लागू गरिएको छ।
सोनमले आफ्ना सबै सामान नेपाल मै उत्पादन गर्दै आएको छ। सबै उमेरका व्यक्तिलाई हुने डाउन फ्लीस र प्रिमालोफ्ट ज्याकेट, स्वेटर, कोट कम्पनीका उत्पादन हुन्। जुन जाडोका लागि उपयुक्त मानिन्छ।
सोनमले गर्मीको लागि पाइन्ट, ट्राउजर, सर्ट, हाफ प्यान्ट साथै पन्जा र ब्याग पनि उत्पादन गरिरहेको छ।
कम्पनीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँलगायत पोखरा र चितवनमासमेत आउटलेट खोलिसकेको छ।