गुण एयरलाइन्सले असोज एक गतेदेखि आफ्नो नियमित उडान सुरु गरिसकेको छ। सन् २००९ मा स्थापना भएको गुण एयरलाइन्स बीचमा सिम्रिक एयरलाइन्सका रुपमा सञ्चालनमा थियो।
आठ वर्षपछि फेरि आफ्नै ब्राण्ड ‘गुण एयरलाइन्स’ नामबाट सञ्चालन भएको हो।
गुणको पहिलो उडान काठमाडौं–भरतपुर–काठमाडौं र दोस्रो उडान काठमाडौं– पोखरा–काठमाडौं भएको छ।
एयरलाइन्सले अमेरिकन बिचक्राफ्ट १८ सिट क्षमताको दुई जहाजबाट उडान सुरु गरेको हो। ३० सिट क्षमताका पाँच ब्रिटिस जेटस्ट्रिम उडान अनुमतिको अन्तिम चरणमा रहेको कम्पनीले बताएको छ।
अनुमति पाउनासाथ भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, तुम्लिङटार, र नेपालगन्जमा उडान भर्ने कम्पनीको योजना छ।
हाल कम्पनीसँग सात वटा जहाज छन्। आन्तरिक उडानमा विद्युतीय एयरकण्डिसन बससमेत गुण एयरलाइन्सले गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई वातावरणअनुकुल बनाउने उद्देश्यकासाथ यात्रु ओसारपसारलाई सहज बनाउन विद्युतीय बस सञ्चालनमा ल्याएको एयरलाइन्सले जनाएको छ।