नेपालको पहिलो बिस्कुट तथा कन्फेक्सनरी उत्पादक कम्पनी नेबिकोले काठमाडौं बालाजुस्थित कारखानाबाट पुनः उत्पादन सुरु गरेको छ।
गत साउन २३ गते भएको आगलागीले उद्योगमा क्षति पुगेकाले उत्पादन रोकिएको थियो।
मानवीय क्षति नभए पनि आगलागीका कारण भएको धनजन्य क्षतिलाई शुभेच्छुकको सहयोग र सद्भावले मनोबल उच्च हुँदा उद्योग पुरानै लयमा सञ्चालन गर्न सफल भएको कम्पनीले बताएको छ।
छिटै सञ्चालनमा आए पनि उत्पादन केही घटेको कम्पनीले जानकारी दिएको छ।
हाल उत्पादन पहिलेको तुलनामा ६० देखि ७० प्रतिशत मात्र रहेको कम्पनीले बताएको छ। केही समयमा उत्पादन क्षमता पहिलेभन्दा बढाई बजारमा सशक्त रुपमा प्रस्तुत हुने कम्पनीले जनाएको छ।
यो सफलतासँगै आउँदा दिनमा अझ परिष्कृत ढंगले बजारमा प्रस्तुत हुने कम्पनीको प्रतिबद्धता छ।