एनसेलले ठूलो खेलकुद कार्यक्रम बजाज एभरेस्ट प्रिमियर लिग (इपीएल)को मजा लिन तयार भइबस्न अपील गरेको छ।
इपीएल असोज ९ गते शनिबारबाट सुरु हुँदैछ।
नव प्रतिभा प्रवर्द्धनका लागि खेलकुदमा लगानी गर्नुपर्छ भन्ने विश्वास एनसेलले लिएको छ। र इपीएल जस्ता प्रत्यक्ष प्रसारण हुने खेलले ग्राहकहरूसँग प्रत्यक्ष रूपमा जोडिन अवसर दिने एनसेले बताएको छ।
यस नयाँ संस्करणको इपीएलमा एनसेल ‘कनेक्टेड बाई’ पार्टनरको रूपमा आबद्ध भएको छ र यसले देशमा क्रिकेटको विकासका लागि योगदान गर्ने विश्वास एनसेलले लिएको छ।
हालको अफ्ठ्यारो समयले धेरै मानिसहरू सामाजिक गतिविधिबाट अलग्गिएका छन् र यस्तो समयमा एनसेल आफ्ना ग्राहकहरुसँग डिजिटल माध्यमबाट जोडिरहन चाहेको बताएको छ।
क्रिकेट पारखीले इपीएल एनसेल फोरजीका साथ अनलाइन माध्यमबाट प्रत्यक्ष हेर्न सक्नेछन्।
क्रिकेट प्रतिभाहरूका लागि महत्त्वपूर्ण मञ्च सिर्जना गर्दै उनीहरूलाई अन्तर्राष्ट्रिय प्रतिभाहरूसँग जोड्ने उद्देश्य इपीएलको छ।
सन् २०१६ देखि शुरु भएको यो यात्रा अहिले विश्वको ठूलो क्रिकेट लिगमध्ये एक भएको छ। यो खेल विश्वका १५५ देसमा प्रसारण हुने तयारी छ। र ४५ करोड जनसंख्या यो कार्यक्रमको पहुँचमा हुनेछन्।
इपीएलअन्तर्गत सन् २०१७ र २०१८ मा अन्तर्राष्ट्रिय खेलाडीहरू पहिलो पटक नेपालमा क्रिकेट खेल्न आएका थिए र यो निकै सफल भएको थियो ।
ग्राहकसँग जोडिने र उनीहरूका अनुभव आदानप्रदान गर्न इपीएल—एनसेल सहकार्यले सकारात्मक भूमिका खेल्ने विश्वास एनसेलको छ।