अनलाइन बजार दराजले वार्षिक उत्सव अभियान –दराज दसैं धमाका सुरु गरेको छ।
यो अभियान असोज १० (सेप्टेम्बर २६) देखि सुरु भएको दराजले बताएको छ। यस्मा ग्राहकले १० लाख बढी उत्पादनहरुमा मज्जाको छुट पाउने कम्पनीले जनाएको छ।
योजनामा फ्रि डेलिभरी, अनलाइन प्रि–पेमेन्टमा २० प्रतिशत (अधिकतम २,५००) को छुट, ५ हजार रुपैयाँसम्मको मेगा भाउचर, ५० हजार मूल्यको सामान १ रुपैयाँमा जित्ने मौका र बम्परमा टिभिएस एनटर्क स्कुटर जित्ने मौका छ।
त्यसैगरी, दराजको नयाँ लाइभ स्ट्रिम सुविधाले ग्राहकहरुलाई अभियानको अवधिमा हरेक दिन भाउचर जित्ने मौका रहेको कम्पनीले बताएको छ।
रस आवर, इमेज रिभिउ एण्ड विन, नयाँ प्रयोगकर्ताको लागि भाउचर, खेल क्षेत्रहरु, फलो एण्ड विन, विक्रेता भउचर र फटाफट डिल योजनाको अन्य हाइलाइटहरु हुन्।
कार्ड प्रिपेमेन्ट गर्दा ग्राहकहरु डेबिट कार्डको माध्यमबाट २० प्रतिशत (अधिकतम २ हजार रुपैयाँ छूट) र क्रेडिट कार्डको माध्यम बाट २० प्रतिशत (अधिकतम २५ सय रुपैयाँ छुट) बचत गर्न सक्नेछन्।
दराज दसैं धमका खेलमा १ रुपैयाँकोे माध्यमबाट ग्राहकहरुले १ रुपैयाँमा २ रात तीन दिन पोखराको राउन्ड ट्रिप, रियलमी सी २१ वाई, मन्त्र मुक्ति अकुस्टिक गितार, यसुदा अल्कलाइन वाटर प्यूरिफायार र श्री बालाजी हिराको झुम्का मध्य कुनै एक पुरस्कार जित्न सक्नेछन्।
'वार्षिक दसैं धमाका अभियान सुरु भएकोमा निकै उत्साहित छौं। यसपालीको दसैं धमाकामा हाम्रो ग्राहकहरुको लागि थुप्रै अफर, छुटहरु छ। हजारौं विक्रेता र ब्रान्ड पार्टनरहरूको साथ हामीले विभिन्न नयाँ उत्पादहरू, आश्चर्यजनक डिलहरू, रमाइलो अफरहरु र अनलाइन भुक्तानीमा विशेष छुट लिएर आएका छौं,' -दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले भने।