यति एयरलाइन्सले लामो समयदेखि रोकिएको पर्वतीय उडान आजदेखि सुरु गरेको छ।
एभरेष्ट प्रीमियर लिग खेल्न आएका पाकिस्तानी क्रिक्रेटर शाहिद अफ्रिदीसहित उडानसँगै ४४ जना यात्रु लिएर उडान भरेको यतीले अब प्रत्येक आइतबार उडान गर्ने तालिका तय गरेको छ।
हालको लागि आईतवारदेखि उडानको शुरूवात गरेपनी यात्रुको माग अनुसार उडान संख्या र तालिका परिवर्तन हुने यतिका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।
हिमाल चढ्न नसक्ने तथा ट्रेकिङ जान नसक्ने ब्यक्तिहरुका लागि पर्वतीय उडान आकर्षक मानिन्छ। पर्वतीय उडान मार्फत यात्रुहरुले लाङटाङ, गौरीशंकर, मेलुङ्छे, चोयु, नुप्त्से, लोत्से, आमादब्लम, मकालु, सगरमाथा लगायत बिश्वका ८ वटा अग्ला हिमाल अवलोकन गर्न सकिने भएकोले यसप्रति यात्रुहरूको आकर्षण बढ्दो छ।
नेपाल आएर पहिलोपटक पर्वतिय उडान गर्न पाउँदा आफुलाई खुसी लागेकोअफ्रिदीले बताए।
दृश्यावलोकनले आफुलाई रोमान्चित बनाएको समेत उनले बताए।
लकडाउनसँगै आन्तरिक पर्यटनलाई आकर्षित गर्न यतिले हालसम्मकै सस्तो सगरमाथाको उचाई बराबर ८८४८ रुपैयाँमा पर्वतिय उडान गर्न सकिने आकर्षक प्याकेज ल्याएको र यसले आन्तरिक पर्यटकिय गतिबिधी बढाउन मद्दत गर्ने यतिको विश्वास छ।