अनलाइन बजार, दराजले दसैं धमाका ल्याएको छ। आजदेखि सुरु भएको योजनामा ग्राहकहरुले १० लाख सामग्रीहरुमा आकर्षक छुट पाउने कम्पनीले बताएको छ।
योजनाका मुख्य आकर्षण निःशुल्क सपिङ, अनलाइन प्रि पेमेन्टमा अधिकतम दुई हजार पाँच सयसम्म छुट, पाँच हजार रुपैयाँसम्मको मेगा भउचर, ५० हजार मूल्य बराबर सामग्री एक रुपैयाँमा जित्ने मौका र बम्पर उपहारमा टिभिएस एनटर्क १२५ स्कुटर जित्ने मौका रहेका छन्।
नबिल, एनआईसी एशिया, सानिमा, ग्लोबल आईएमई, एनएमबी, माछापुच्छ्रे, बैंक अफ काठमाडौँ र सिटिजन्स बैंकका ग्राहकहरु पूर्व–भुक्तानीमा छुट प्राप्त गर्न सक्नेछन्।
यसबाहेक, ग्राहकहरु एनआईसी एशिया बैंक,सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकका क्रेडिट कार्डको माध्यमबाट शून्य ब्याजमा सजिलो मासिक किस्ता योजनाको मज्जा लिन सक्ने कम्पनीले बताएको छ।
आइएमइ पे वा ईसेवामार्फत भुक्तानी गर्ने ग्राहकले अधिकतम एक हजार रुपैयाँ सम्ममको अतिरिक्त छुट पाउने व्यवस्था गरिएको छ।