विजया दशमीको अवसरमा इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले आकर्षक अफर सार्वजनिक गरेको छ।
कम्पनीले पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेज सहितको परिमार्जित प्याकेज ल्याएको हो।
कम्पनीको दसैं अफरमा प्रयोगकर्ताले मासिक ११ सय रुपैयाँमा ४० एमबीपीएस गतिको इन्टरनेट प्याकेज पाउनेछन्।जसमा एउटा नेटटिभी समेत निःशुल्क रुपमा उपलब्ध हुनेछ।
यसका लागि प्रयोगकर्ताले १२ महिनाको प्याकेज लिनुपर्नेछ। यद्यपि छ महिनाको सब्सक्रिप्सन लिन चाहने ग्राहकले समेत दसैं अफरमा सहभागिता जनाउन सक्नेछन्।
लामो समयपछि कम्पनीले ल्याएको छ महिने प्याकेजको मूल्य ७ हजार ९०० रुपैयाँ राखिएको छ। यो प्याकेज लिने ग्राहकलाई एउटा नेटटिभी सहित ४० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक १३ सय १७ रुपैयाँ पर्नेछ।
त्यस्तै कम्पनीले वार्षिक सब्सक्रिप्सन लिने ग्राहकका लागि मासिक १२ सय रुपैयाँमा दुई ओटा नेटटिभी सहित ६० एमबीपीएस इन्टरनेट प्याकेज समेत ल्याएको छ। यही प्याकेज छ महिने अवधिका लागि खरिद गर्ने ग्राहकलाई भने मासिक १४ सय ३४ रुपैयाँ पर्नेछ।
यसअघि ४० एमबीपीएस र ५० एमबीपीएस इन्टरनेट प्याकेजको मूल्यमा क्रमशः ८० एमबीपीएस र १०० एमबीपीएसको इन्टरनेट प्याकेज लिन सकिनेछ। जसअनुसार वार्षिक प्याकेज लिँदा मासिक १४ सय रुपैयाँमै दुई ओटा नेटटिभीसहित ८० एमबीपीएस इन्टरनेट प्याकेज प्राप्त गर्न सकिनेछ।
यस्तै तीन ओटा नेटटिभी सहित १०० एमबीपीएसको इन्टरनेट प्याकेजका लागि मासिक केवल १६०० रुपैयाँ पर्नेछ। ८० एमबीपीएस र १०० एमबीपीएस इन्टरनेट प्याकेजको छ महिने सब्सक्रिप्सनमा समेत दसैं अफर लागु हुने कम्पनीले जनाएको छ।
कम्पनीकाअनुसार दुई ओटा नेटटिभी सहित ८० एमबीपीएसको छ महिने सब्सक्रिप्सनको मूल्य १० हजार १०० रुपैयाँ र तीन ओटा नेटटिभी सहितको १०० एमबीपीएसको सोही अवधिको सब्सक्रिप्सन ११ हजार ५०० रुपैयाँमा प्राप्त हुनेछ।
कम्पनीले कुनै पनि वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई निःशुल्क जडान सहित चाडपर्व उपहारको रुपमा करिब २० हजार मूल्य पर्ने सेवा तथा सुविधा समेत उपलब्ध गराउने बताएको छ।
जसमा ग्राहकले नेटटिभी सब्स्क्रिप्सन, सेटटप बक्स, डुअल ब्यान्ड राउटर, फाइबर केबल, वाई-फाई रोमिङ र नेटटिभी प्राइम (ओटीटी) सब्स्क्रिप्सन प्राप्त हुनेछ।