ग्राहकहरूलाई सामसङका सामग्री सहुलियत किस्ताबन्दीमा उपलब्ध गराउन सामसङको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएस प्रालि र बैंक अफ काठमाण्डुबीच सम्झौता भएको छ।
सम्झौताअनुसार बैंकका क्रेडिट कार्डवाहकले सामसङ कम्पनीका स्मार्टफोन, वाच तथा ट्याबलेटहरू सहुलियत किस्ताबन्दीमा खरिद गर्न सक्छन्।
उक्त योजनामा सहभागी हुन क्रेडिट कार्डका लागि अनलाइन आवेदन दिन सकिने बैंकले बताएको छ।
योजनामा शून्य प्रतिशत ब्याजदर सुविधा, बिओके क्रेडिट कार्ड जारी गर्दा कुनै शुल्क नलाग्ने कम्पनीको भनाइ छ।
आइएमएस प्रालि काठमाडौंका छ स्थानसहित पोखरा, बुटवल तथा धनगढी गरी नौ आधिकारिक शोरुम छन्।
बैंक अफ काठमाण्डुले ९० शाखा, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ।