आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई पे र नियोटेरिक नेपालबीच सम्झौता भएको छ।
सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसनका तर्फबाट व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरेका छन्।
सम्झौता गरिएसँगै दसैं तिहार लक्षित गरी दसैं क्याम्पियन पनि सुरु भएको छ। क्याम्पियन ११ असोज देखि २० कात्तिकसम्म लागु हुनेछ।
क्याम्पियन अन्तर्गत नियोटेरिक नेपाल, ग्याजेट डिस्ट्रिव्युटरको कुनै पनि ग्याजेट आइएमई पे मार्फत भुक्तानी गर्दा आकर्षक छुट साथै फ्री डेलिभरीको पनि व्यवस्था मिलाइएको कम्पनीले बताएको छ।
उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसनका व्यापार तथा सहकार्य व्यवस्थापक प्रमुख गुण श्रेष्ठले नियोटेरिक नेपाल, नेपालको नम्बर १ ग्याजेट डिस्ट्रिव्युटरको कुनै पनि ग्याजेट आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विस्वस्त रहेको बताए।
नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले दसैं लक्षित यो स्किमले सेवाग्राहीलाई लाभ प्राप्त हुने विश्वास व्यक्त गर्दै स्किम सफल बनाउन शुभकामना दिए।
एक महिनाको स्किममा नियोटेरिक नेपालबाट कुनै पनि ग्याजेट आइएमई पेमार्फत खरिद गर्दा भाग्यशाली एक विजेताले ल्यापटप जित्न सक्नेछन्। साथै वान प्लस फोन खरिद गर्दा हाइ फ्युचर इअरवड सित्तैमा पाउन सक्नेछन्।