कोका–कोलाले यसपालीको दसैं अभियान 'धन्यवाद' शब्द केन्द्रित गरेको छ।
कठीन समयमा कोका-कोलाका लागि साथीको रुपमा सथै सहयात्री रहेका व्यक्तिहरुलाई एउटा कोकको बोतल मार्फत धन्यवाद दिनु योजनाको मुख्य आशय रहेको कम्पनीले आज एक कार्यक्रममा बताएको छ।
कोका–कोलाले आफ्ना सहयात्री बनेका व्यक्तिलाई धन्यवाद प्रकट गर्न ८ वटा नयाँ लेबल प्रस्तुत गरेको छ। जसमा आमा, बुबा, दाइ, भाइ, दिदी, बहिनी, साथी र सेवाकर्मीहरु रहेका छन्।
'नियमित कोकका लेबलहरुलाई यस दसैंको पावन अवसरमा धन्यवाद लखिएको लेबलले साँटिएको छ जसलाई हामीले हाम्रो जीवनमा फरक पारेको समपर्णको रुपमा लिएका छौं,' कम्पनीले बताएको छ।
५ वर्षदेखि कोका–कोलाले ग्लोबल 'सेयर ए कोक' अभियान अन्तर्गत इनोभेटिभ विषय वस्तुहरु प्रस्तुत गर्दै आएको छ। जसलाई 'मन खोलौं कोकसँग' को रुपमा स्थानीयकरण गरीएको थियो।
यो अभियान सम्बन्धहरुलाई नजिक ल्याउनमा केन्द्रित रहेको कम्पनीको भनाइ छ। यस वर्ष भने कोकले व्यक्तिगत रुपमा कृतज्ञा प्रकट गर्न एक कदम अगाडि बढाएको बताएको छ।
'कोका–कोलाले यसपालिको दसैं महामारीको समयमा उपभोक्तालाई प्रोत्साहित र प्रेरित गर्नु भएको र परिवारका सदस्यहरु र साथीहरु प्रति हार्दिक आभार व्यक्त गर्दै मनाउन प्रेरित गरेको छ। हाम्रो जीवनमा कुनै पनि बाधा आउन नदिन आशा दिनुहुने सम्पूर्ण सहयात्रीलाई कृतज्ञ हुँदै हामी यसपालिको दसैं रमाएर मनाउने छौं,' अभियानबारे बोल्दै कोका–कोला नेपालका कन्ट्री निर्देशक आदर्श अवस्थीले भने।
इभेन्टमा कोका–कोलाले कोभिड १९ को विरुद्ध समाजको लागि सुरक्षा प्रदान गरेका र लडेका विभिन्न क्षेत्रका ८ जना व्यक्तिहरुलाई कृतज्ञा प्रकट गरी सम्मान गरेको थियो।