एनसेलले ‘ग्लोबल बिजनेस आउटलुक (जिबिओ)अवार्ड २०२१’ का दुई विधामा पुरस्कार जितेको छ।
जिबिओ अवार्डअन्तर्गत एनसेलले ‘मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकम कम्पनी’ अर्थात् सबैभन्दा बढी सामाजिक रूपमा उत्तरदायी कम्पनी र नेतृत्व विधामा एनसेलका कार्यकारी प्रमुख एन्डी चोङले ‘टेलिकम सिइओ अफ दि इयर’ अवार्ड जितेका हुन्।
लन्डनस्थित प्रकाशन गृह जिबिओले हरेक वर्ष विश्वभरका कम्पनीहरूलाई उत्कृष्टताका आधारमा पुरस्कृत गर्दै आएको छ।
यो अवार्ड बैंकिङ, वित्तिय, घरजग्गा, दूरसञ्चार, उड्डयन तथा अन्य विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने कम्पनी र नेतृत्वकर्ताहरूलाई दिइन्छ।
साथै, एनसेल ‘वर्ल्ड कम्युनिकेसन्स् अवार्ड २०२१’ का दुई छुट्टाछुट्टै विधा ‘सोसियल कन्ट्रिब्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’का लागि पनि सूचीकृत भएको छ।