नेपालमै पहिलो पटक दरबारमार्ग शेर्पा मलमा हार्ड रक क्याफे खुल्ने भएको छ।
सांगीतिक क्षेत्रका प्रख्यात कलाकारहरुको निजी वस्त्र तथा सांगीतिक उपकरणहरुको संग्रहका साथै क्याफेले अमेरिकाको प्रसिद्ध मेनु, कक्टेल्स्का साथ प्रस्तुती पनि पेश गर्ने भएको हो।
भव्य मलको पहिलो र माथिल्लो तल्लामा सञ्चालनमा आउने यस रेष्टुरेन्टले भित्री भागका साथसाथै बाहिरी छत पनि समेटेको छ, जहाँ बसेर दरबार मार्गको सुन्दर दृश्य अवलोकन गर्दै स्वादिष्ट परिकारहरुको आनन्द लिन सकिनेछ।
क्याफेको मेनुको बर्गर सबैभन्दा मुख्य आकर्षण हो, जसको लागि हार्ड रक प्रसिद्ध छ। यी बर्गरहरुमा चेद्दार चीजसँग मिसाइएको राँगाको मासुसहित, क्रिस्पी अनियन रिङ, लेटस पत्ता र भाइन–रिपेण्ड टमाटर भएको प्रख्यात बर्गर समेत छ, जसलाई हार्ड रकको मौलिक पहिचान बनेको स्टेक ससका साथ उपलब्ध गराइनेछ।
यसैगरी मेनुमा ग्रील्ड, ताजा, इच्छाइएको चिकन वा पोलेको मकैको साथमा क्यालिफोर्निया स्टाइलको क्लब–चिकेन, कालो सिमी र आयातित चेद्दार चीजको साथमा सलाद रहनेछ।
मेनुमा संलग्न परिकारहरु मध्ये एक आकर्षण बेबी ब्याक पोर्क रिब्स् पनि हुनेछ, जुन खास गरेर हार्ड रक क्याफे काठमाडौंको लागि डेनमार्कबाट झिकाइएको छ।
'सन् २०२१ भित्रमा नै हार्ड रक क्याफे काठमाडौं सञ्चालनमा ल्याउनु हाम्रा साझेदारहरुका लागि ठूलो चुनौती भएको छ। अन्ततः यो सुन्दर, मनोरम काठमाडौंमा यसप्रकारको क्याफे सञ्चालनको घोषणा गर्न पाउँदा गौरवको महसुस गरेका छौं,' हार्ड रक इन्टरनेशनलका फ्रेन्चाइज अपरेसन्सका उपाध्यक्ष एनिबल फर्नान्डेजले भने।