भुक्तानी सेवा प्रदायक इसेवाले दसैं तिहारलाई लक्षित विभिन्न योजना सार्वजनिक गरेको छ।
योजना अनुसार इसेवामार्फत घटस्थापना देखि १० दिनसम्म कुनै पनि बैंकमा निःशुल्क रकम ट्रान्सफर गर्न सकिनेछ।
यस्तै बम्पर उपहारमा एक सयमा स्कुटर योजनामा एक जना भाग्यशाली विजेताले स्कुटर जित्न सक्नेछन्। स्कुटर नपाउने व्यक्तिको रकम टपअपबाट फिर्ता गरिने कम्पनीले बताएको छ।
यस्तै साप्ताहिक रूपमा एक जना भाग्यशाली विजेताले आकर्षक उपहार प्राप्त गर्नेछन्। सेन्ड मनि दसैं क्याम्पेनमा ५ सय जनाले ५०० रुपैयाँ र सेन्ड मनि तिहार योजनामा पनि ५ सय जनाले नै ५०० रुपैयाँ डिजिटल दक्षिणा पाउनेछन्।
फ्ल्यास अफर अन्तरगत मोबाईल रिचार्जमा १० प्रतिशत अथवा ५० रुपैयाँसम्मको क्यासब्याक पाउन सक्नेछन्।
यो योजना ४ अक्टोबर देखि १३ अक्टोबरसम्म लागू हुनेछ।
यस्तै एयरलाइन्स योजनामा दैनिक ३ जनाले रिटर्न टिकट प्राप्त गर्नेछन् भने एक जना भाग्यशाली विजेताले स्कुटर जित्न सक्नेछन्।
यो योजना २८ सेप्टेम्बर देखि १२ अक्टोबरसम्म लागु हुने कम्पनीले बताएको छ।
मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ५० लाख छ। हाल इसेवाका देशभर करिब एक लाख ४० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) छन्। भने इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन्।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ।