काठमाडौंको मुटुमा रहेको कमलपोखरी स्थित सिटी सेन्टरले चाडपर्व लक्षित योजनाहरु ल्याएको छ।
असोज १६ गते देखि सुरु भएको यस योजनाबाट सिटी सेन्टरमा भिजिट गर्ने जो–कोही सामेल हुन पाउने सिटी सेन्टर व्यवस्थापनले जनाएको छ।
शपिङ मलमा आउने ग्राहकलाई डेल्ली लक्की-ड्र, शपिङ भौचरका साथै विक्ली लक्की-ड्र तथा ग्राण्ड लक्की-ड्रमा समावेश गराइने छ।
लक्की-ड्रको कुपन मार्फत विजेताका लागि चितवन, पोखरा लगायतका ठाउँमा रहेको होटलमा खाने बस्ने व्यवस्था प्रदान गरिने छ।
यस बाहेक सिटी सेन्टरमा रहेका व्यवसायीहरुले यस पावन अवसरमा ५० प्रतिशतसम्मको छुट, बाइ वान गेट वान फ्रि लगायतका अन्य आकर्षक छुट तथा योजनाहरु समेत प्रदान गर्ने मलले बताएको छ।
यसै अवसरमा नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा सिटी सेन्टरमा स्वदेशी उत्पनदनको मेला समेत सुरु भएको छ।
असोज २१ गतेबाट सिटी सेन्टरमा रहेका ३ वटै फिल्महल पुनः सञ्चालनमा आउने सिटी सेन्टरले जनाएको छ।