आइएमई पे मिस र युनिभर्स नेपाल २०२१ को प्रतियोगिताका लागि साझेदारी घोषणा भएको छ।
जनताको छनौटको माध्यमबाट प्रतियोगिताको लोकतान्त्रिकरणलाई सक्षम पार्दै आईएमई पे डिजिटल भुक्तानी साझेदार बनेको हो।
मिस युनिभर्स संगठनको नेपालस्थित आधिकारिक संस्था मिस युनिभर्स नेपाल एमयुएनले २०२१ को लागि मिस युनिभर्स प्रतियोगिता सेप्टेम्बर २३ बाट सुरु गरिसकेको छ।
यस वर्षको छोटो तर प्रभावकारी कार्यक्रमको फाइनल अक्टुबर ३० मा सम्पन्न हुँदैछ भने अक्टुबर १० मा क्वार्टर फाइनल पूरा हुनेछ। यतिबेला ५० प्रतियोगीहरु ताजको लागि प्रतिस्पर्धा गरिरहेका छन्।
आइएमई पे मिस युनिभर्स नेपाल २०२१ को डिजिटल भुक्तानी साझेदार रहने छ। जस अन्तरगत मिस युनिभर्स नेपाल २०२१ को सम्पूर्ण भोटिङ गतिविधिहरु आइएमई पेको डिजिटल वालेट एप मार्फत हुने बताइएको छ।
सो एप एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र आईओएसका लागि एप स्टोरमा उपलब्ध छ।