नेपाल ल्यूब आयल लिमिटेडको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
कम्पनीले साधारण सभा मार्फत शेयर धनीहरुलाई ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
भर्चुअल तथा स्वयम् उपस्थितीमा सभा सञ्चालन भएको थियो। सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा सञ्चालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यवस्थापक समूह र अन्य शेयर धनीहरुको उपस्थिति रहेको थियो।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले नेपाल ल्यूब आयल लिमिटेड, चलिरहेको महामारीले अगाडि राखेका चुनौतीहरुको बावजुद उत्कृष्ट बृद्धि हासिल गर्न सक्षम भएको बताए।
नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री गर्ने गरेको छ।