भुक्तानी सेवा प्रदायक कम्पनी सजिलो पेले पहिलो पटक विभिन्न भाषामा आफ्नो एप सार्वजनिक गरेको छ।
धेरै भन्दा धेरै भाषामा आफ्नो एप सञ्चालनमा ल्याउने प्रयास स्वरुप सजिलो पेले अहिले आठवटा भाषामा एप सञ्चालनमा ल्याएको हो।
सजिलो पे एप हाल नेपाली, अंग्रेजी, मैथिली, थारु, तामाङ, नेवारी, मगर, गुरुङ, राई, लिम्बु, शेर्पा र डोटेली भाषामा उपलब्ध छ।
कम्पनीले छिटै अन्य भाषा पनि एपमा राख्ने तयारी गरेको छ।
साथै नेपाली र अंग्रेजी बाहेक अरु छ वटा भाषामा केही भाषिक त्रुटी हुनसक्ने कुरालाई मध्यनजर गरी सजिलो पेले योजना सार्वजनिक गरेको छ।
प्रथम योजना अन्तरगत विद्यमान भाषामा गल्ति पत्ता लागाएर एपमै सच्याएर पठाउनेहरुमध्ये गोला प्रथाबाट प्रत्येक भाषाका १ जना गरी जम्मा १० जनालाई २ हजारका दरले पुरस्कार दिइने कम्पनीले जनाएको छ।
त्यस्तै भाषा अनुवाद गर्ने प्रयोगकर्ताहरुमध्ये गोलाप्रथाबाट प्रत्येक भाषाका २ जना गरी जम्मा २० जनालाई चार हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन्।
तेश्राे योजना अनुसार एपमा रहेका भाषा बाहेक नेपालको अरु कुनै भाषामा एपमा रहेको वाक्य अनुवाद गरेर पठाउनेमध्ये प्रत्येक भाषामा पहिलो ३ जनालाई ७ हजार पुरस्कार दिइने कम्पनीले बताएको छ।