दराज नेपालले झन्डै ५० सहरमा आफ्नो सेवा विस्तार गरेको छ। कम्पनीले हाल ४७ सहरमा डेलिभरी सेवा पुर्याउँदै छ।
दराजले यतिबेला काठमाडौंको पुरानो बानेश्वर, बालाजु, गोपी कृष्ण, न्यू रोड, थासीखेल, सोल्टीमोड, भक्तपुरको सल्लाघारी, उपत्यका बाहिर बिर्तामोड, बिराटनगर, जनकपुर, विरगञ्ज, भरतपुर, बुटवल र धनगढी गर्दै देशभरका १५ हबबाट विभिन्न सहरमा आफ्नो सेवा दिइरहेको छ।
दराजले सहरी क्षेत्रसँगै सन् २०२२ सम्ममा ग्रामिण भेगमा पनि आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ।
उचित सडक व्यवस्थाको कमि र विविध भुगोल बनावटका कारण नेपालको ग्रामिण क्षेत्रमा ई–कमर्स कम्पनीहरू अझै पुग्न सकेको छैन। तर यिनै समस्यालाई सम्बोधन गर्दै र ग्राहकको माग पुरा गर्न दराजले सन् २०२२ सम्ममा ग्रामिण भेगमा समेत डेलिभरी सेवा विस्तार गर्ने योजना बनाएको हो।
जसका लागि दराजले विभिन्न क्षेत्रबाट अनुभवी चालकसँग समन्वय गर्दैछ। दराजले यी राइडरहरूलाई ुडेलिरभी हिरोजुको रूपमा लिएको छ।
नेपालमा दराजले सन् २०१८ देखि सेवा सुरु गरेको हो। यसले छोटो समयमै आफ्नो सेवा विस्तार गरेको छ। दराज एक्सप्रेसमार्फत कम्पनीले ग्राहकलाई लजिस्टक सेवा उपलब्ध गराउँदैछ।