नेपालको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले आजबाट सिमराको लागि नियमित उडान सुरू गरेको छ।
सोमबारदेखि ३० सिटको जेटस्ट्रिम जहाजमार्फत् सिमराको लागि नियमित हवाई उडान सुरू गरेको हो।
उडानको पहिलो दिन नै सिमरामा यात्रुहरूबाट पूर्ण साथ प्राप्त भएको गुण एयरलाइन्सले जनाएको छ।
एयरलाइन्ससँग दुईवटा अमेरिकी विचक्राफ्ट र थप गरिएको पाँच वटा बेलायती जेटस्ट्रिमसहित कुल सात वटा जहाज छन्। एयरलाइन्सले यसअघि नै भरतपुर, पोखरा, तुम्लिङटार, भैरहवा, नेपालगन्ज र विराटनगरमा नियमित उडान सुरू गरिसकेको छ।
गुण एयरलाइन्सका प्रवक्ता तथा बजार प्रमुख प्रज्वल थापाका अनुसार सुर्खेत र भद्रपुरको उडान भर्ने तयारी भइरहेको छ।
यात्रुहरूलाई सुरक्षित र भरपर्दो हवाई सेवा सुविधा दिन कुनै कसर बाँकी नराख्ने थापा बताउँछन्।