दराजले फेस्टिभल ११.११ सुरु गर्न लागेको छ। ११ लाख उत्पादनहरूमा ५ करोडको छुटसहित ११।११ को चौथो संस्करण सुरू गर्न लागेको हो।
११.११ आउँदो २५ गते (११ नोभेम्बर २०२१) मा सुरु हुने घोषणा गरिएको छ। उक्त सेल २४ घण्टामा समापन हुने जनाइएको छ।
दराजले आफ्ना डेलिभरी पार्टनर्सहरूसँग मिलेर १४ सय बढी नयाँ कर्मचारी, कस्टूमर केयर एजेन्ट र एक हजार डेलिभरी सवारी भर्ती गरेर परिचालन क्षमता बढाएको बताएको छ।
साथै ७ लजिस्टिक पार्टनर्सहरुसँग साझेदारी गरी आफ्नो शिपिंग क्षमता पनि बढाएको छ।
एक दिवसीय सेलमा ११ जना ग्राहकले टिभिएस रेडर मोटरसाइकल जित्न सक्नेछन्।
११.११ मा १५ वटा साझेदार बैंकले अनलाइन कार्ड पेमेन्टमा १५ प्रतिशत छुट दिने बताएका छन्।
त्यस्तै, चार साझेदार बैंकबाट ग्राहकले शून्य प्रतिशत ब्याजदरमा ऋण लिई सामान किन्न सक्नेछन्।
इ–सेवा र आइएमइ–पे ले पनि विशेष छुट दिने बताएका छन्।
दराजले यस वर्षको संस्करण ११.११ लाई गत वर्षको ठूलो सफलताको तुलनामा फेरि अर्को स्तरमा ल्याउने योजना बनाएको छ।