अन्तर्राष्ट्रिय ब्राण्ड हार्ड रक क्याफे दरबारमार्ग स्थित शेर्पा मलमा खुलेको छ। बुधबार एक कार्यक्रम गरी उक्त क्याफे सञ्चालनमा ल्याएको सञ्चालकले जानकारी दिएको हो।
सञ्चालकका अनुसार सो क्याफे बुधबार साँझ ७ बजेदेखि सर्वसाधरणका लागि खुला गरिएको छ।
क्याफेमा अमेरिकाको प्रसिद्ध मेनु र हातबाट बनाइने कक्टेल्सको मजा लिन सकिन्छ। शेर्पा मलको पहिलो र माथिल्लो तलामा संचालित यस क्याफेमा २ सय ६० जना अटाउन सक्छन्।
क्याफेले बाहिरी छत पनि समेटेको हुनाले ग्राहकले दरबारमार्गको सुन्दर दृश्य अवलोकन गर्न सक्नेछन्।
क्याफेको सबैभन्दा मुख्य आकर्षण बर्गर–हार्ड रक हो।
बर्गरहरूमा चीजसँग मिसाइएको राँगाको मासुसहित, क्रिस्पी प्याज रिङ, लेटस पत्ता र भाइन–रिपेण्ड गोलभेंडाको भेराइटी छन्।
ग्रील्ड, ताजा, चिकेन वा पोलेको मकै, क्यालिफोर्निया स्टाइलको कब–चिकन, कालो सिमी र सलाद, स्याण्डवीच, बार्बीक्यु चिकेन वा ग्रील्ड हनी मस्टर्ड चिकेन सिजनि वा चीज फ्राई दुवै मेनुमा छन्।
क्याफेमा आउने ग्राहकहरूले सम्झना स्वरूप केही किन्न चाहेमा रक सप पनि सञ्चालनमा छ।
ग्राहकले क्याफेमा संगीत उद्योगका प्रख्यात कलाकार लेडी गागा, रिहाना, मेटालिका, द रोलिङ स्टोन्स् र माइकल ज्याक्सनको स्मरणीय सामाग्रीहरू पनि देख्न सक्नेछन्।
क्याफे बिहान साढे ११ बजे खुला हुनेछ। त्यस्तै बिहीबारदेखि शनिबारसम्म बिहान २ बजे बन्द हुनेछ र आइतबारदेखि बुधबारसम्म मध्यरातमा बन्द हुनेछ।
हार्डरक सप बिहान १० बजेदेखि राती ११ बजेसम्म सञ्चालन हुनेछ सञ्चालकले जानकारी दिएको छ।