यती एयरलाइन्सको भगिनी कम्पनी तारा एयरले आगामी शुक्रबारदेखि पोखरा-नेपालगञ्ज चार्टर उडान सुरु गर्ने भएको छ।
एयरले सोमबार, बुधबार र शुक्रबार उडान गर्ने कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।
कम्पनीले सुरु गर्न लागेको नन सेड्युल प्रादेशिक उडान हो।
सेड्युल प्राप्त भएप्छि कम्पनीले नियमित उडान सुरु गर्ने बताएको छ।