नबिल बैंकले अनलाइन बजार दराज ११.११ का अवसरमा ग्राहकहरुका लागि अफर ल्याएको छ।
११ नोभेम्बर २०२१ देखि १९ नोभेम्बर २०२१ सम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत १५ प्रतिशत छुट पाउने छन्।
अथवा अधिकतम तीन हजार रुपैयाँ क्यासब्याक पाउनेछन्। त्यस्तै क्रेडिट कार्ड मार्फत १५ प्रतिशत छुट वा
अधिकतम तीन हजार पाँच सय रुपेयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्छन्।
नबिल बैंकको नजिकको शाखामा गई खाता खोलि ग्राहकहरुले डेबिट र क्रेडिट कार्डमार्फत क्यासब्याक अफरको लाभ लिन सकिनेछ।
बैंकले हाल १३५ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरुमार्फत सेवा दिँदै आएको छ।