न्यु एभरेष्ट डिष्टीलरी उद्योग, बिजे इन्भेष्टमेण्ट र पिप्लस दक्षिण कोरियाका बीचमा कोरियन मापदण्डको
मदिराजन्य पेय पदार्थ उत्पादन गरी बिक्री गर्ने सम्झौता भएको छ।
बाँके जिल्लास्थित न्यू एभरेष्ट डिष्टीलरी कोहलपुरमा पेय पदार्थ उत्पादन गरी नेपालभर बिक्री वितरण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
नेपाली उद्योगी ब्यवसायी रविन्द्रमान श्रेष्ठ, ब्यवसायी एवं गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका पूर्व अध्यक्ष श्री विनोद कुँवर र लिम क्योङ्गटेक वरिष्ठ केमिष्ट दक्षिण कोरियाको संयुक्त पहलमा नेपालमा सोजु उत्पादन र बिक्री वितरण गर्ने योजना सफल भएको बताइएको छ।
सोजु द. कोरियाको लोकप्रिय मदिराजन्य हल्का पेय पदार्थ हो।