दराजको ११.११ सेल शुरु हुँदैछ। वर्षेनी नोभेम्बर ११ तारिखमा दराजले एक दिने मेगा सेल, ११.११ सेल आयोजना गर्दै आएको छ। यो सेल २४ घण्टाको लागि मान्यता हुन्छ।
दराजले आउँदो सेलको लागि के–कस्तो तयारी गर्दैछ भन्ने जानकारीका लागि हामीले दराजका प्रमुख ग्राहक अधिकारी सम्झना सुवेदीसँग कुराकानी गरेका छौंः
दराजको ११.११ सुरु हुँदैछ। यसको तयारी कस्तो छ?
दराजको ११.११ सेल हाम्रो सबैभन्दा ठूलो अभियान हो। यो हाम्रो वर्षभरको प्रयासहरूको एकाग्रता हो। हामी सधैं हाम्रा सेवाहरू सुधार गर्नमा केन्द्रित छौं। त्यस्तै हामी ग्राहकहरूलाई वर्षभरी उत्कृष्ट ग्राहक अनुभव दिन चाहन्छौं।
११.११ अभियानको लागि हामीले आफ्नो टोली विस्तार गरेका छौं। किनभने ११.११ समय सामान्यभन्दा बढी मात्रामा सोधपुछ र अर्डर आउँछन्। दराजमा हाल ग्राहक सेवा कार्यालयमा दुई सयभन्दा बढी सदस्य छन्।
जसमध्ये एक सयभन्दा बढी सदस्यहरूलाई अस्थायी रूपमा नियुक्त गरिएको छ। उनीहरूलाई विशेष ११.११ अभियानका लागि तालिम दिइएको छ।
यो अभियानबारे धेरै सोधपुछ हुन्छ भन्नुभयो। दराजले ग्राहकको जिज्ञासाको जवाफ फर्काउन कति समय लगाउँछ?
११.११ समय दराजले ग्राहक सेवाको गुणस्तर कायम राख्न कुनै विशेष तयारी गरेको छ?
हामी ११.११ विशेष ठूलो संख्यामा ग्राहक प्रश्नहरूको अपेक्षा गरेका छौं। यद्यपि आफ्नो ग्राहक सेवाको गुणस्तरमा कुनै समझौता गर्दैनौं। हामी समयमै ग्राहकहरूको प्रश्नको उत्तर दिन्छौं। त्यसैको लागि हामीले ग्राहक सेवाको लागि सदस्य थपेका हौं।
लाइभ च्याटमार्फत कुरा गर्न चाहने ग्राहकले ३० सेकेन्ड भित्र जवाफ पाउनुहुन्छ। हामी आफ्नो उपलब्ध हुने समय पनि बढाउने योजनामा छौं। ग्राहकहरूको प्रश्नको उत्तर समयमै दिनुका साथै समयमै सामग्री डेलिभरीमा समेत जोड दिदैँछौं।
११.११ मा खरिद गरेको सामान फिर्ता गर्न कत्तिको सजिलो छ? एक पटक खरिद गरेको सामग्री फिर्ता गर्न के–कस्ता नीतिहरू छन्?
राम्रो ग्राहक अनुभवको लागि ग्राहकले हरेक क्षेत्रमा राम्रो सुविधा पाउनुपर्छ। हाम्रो प्राथमिकतामा पनि यसैमा छ। ग्राहकले एक पटक खरिद गरेको सामग्री दराजको एप वा आधिकारिक वेबसाइटमार्फत सजिलैसँग फिर्ता गर्न सक्नुहुन्छ। यसको लागि ग्राहकले केही विवरणहरू भरेर प्रक्रिया भने पुरा गर्नुपर्छ। यसअर्थ हाम्रो सामग्री फिर्ता गर्ने नीति बलियो छ। ग्राहकहरूलाई आफूले खरिद गरेको सामग्री चित्त नबुझे फिर्ता गर्न प्रोत्साहन पनि गर्छौं।
फिर्ता भएका सामग्रीहरूलाई कसरी व्यवस्थित राख्नुहुन्छ?
दराजले बिक्री भएका र फिर्ता भएका सामग्रीहरूलाई व्यवस्थित गर्न ट्र्याकिङ प्रणाली विकास गर्दैछ। यसले हाम्रा ग्राहकहरू र हाम्रा टोलीहरूलाई अर्डरहरू ट्र्याक गर्न र त्यसलाई सञ्चार गर्न धेरै सजिलो बनाउँछ। हामी ग्राहकहरूलाई विभिन्न प्याकेजहरूको स्थितिबारे जानकारी दिन पनि विभिन्न माध्यमहरू प्रयोग गर्ने पक्षमा छौं।
ग्राहक प्रतिक्रियाले दराजमा ग्राहक सेवा सुधार गर्न कसरी मद्दत गरेको छ? ११.११ जस्ता अभियानहरूले दराजको सुविधा सुधार प्रक्रियालाई गति दिन मद्दत मिल्छ?
हाम्रो लागि ग्राहक प्रतिक्रिया जान्न निकै महत्त्वपूर्ण छ। यसले सुधार गर्नुपर्ने ठाउँहरूबारे बुझ्छौं। र, भविष्यमा नयाँ रणनीतिहरू विकास गर्न समेत मद्दत मिल्छ। हामी एनपिएस जस्ता उपकरणमार्फत ग्राहकमाझ पुग्छौं र उहाँहरूबाट प्रतिक्रिया संकलन गर्छौं। ११.११ जस्ता अभियानहरूमार्फत हामी अझ बढी ग्राहकसम्म पुग्छौं। त्यसैले यसले हामीलाई थप परिवर्तनहरू कहाँ गर्न सकिन्छ भनेर पहिचान गर्न मद्दत मिल्छ।
अन्तिममा, ११.११ मा दराजबाट किनमेल गर्ने ग्राहकहरूलाई कुनै विशेष टिप्पणी दिन चाहनु हुन्छ?
दराजमार्फत किनमेल गर्न सुरक्षित महशुस गर्नुहोस् भन्न चाहन्छु। दराजमा उत्कृष्ट ग्राहक सेवा अनुभव गर्नुहुनेछ।