दराजले आफ्नो सबैभन्दा ठूलो एकदिवसीय सेल ११.११ सुरु भएको घोषणा गरेको छ। यो अभियान आधिकारिक रूपमा कार्तिकहिजो (नोभेम्बर १०) मध्यरातदेखि सुरु भएको हो।
यस वर्षको ११.११ विगतका वर्षहरू भन्दा ठूलो हुने र आफ्ना ग्राहकहरूलाई थप आकर्षक र रोमाञ्चक शपिंग अनुभव प्रदान गर्ने दराजले आश्वासन दिएको छ।
अभियानको मुख्य हाइलाइटहरु ११ लाख सामानहरूमा ५ करोडसम्मको छुट, ११ हजार सम्मको मेगा भउचर, प्रि-पेमेन्टमा १५ प्रतिशत अधिकतम ३५ सयसम्म छुट, खेल एक रुपैयाँ र मेगा गिभअवेको रूपमा ११ टिभिएस रेडर मोटरसाइकल रहेको कम्पनीले जानकारी दिएको छ।
थप हाइलाइटहरू समावेश छन्ः एड टु कार्ट , फलो एण्ड विन , रिभिउ एण्ड विन , नयाँ युइजर भाउचर , रिफर एण्ड विन र दराज जेम्स।
बैंक छुटको सन्दर्भमा, ११.११ मा किनमेल गर्ने ग्राहकहरूले डेबिट कार्ड मार्फत १५ प्रतिशत अधिकतम ३ हजार र क्रेडिट कार्ड मार्फत १५ प्रतिशत अधिकतम ३५ सय बचत गर्न सक्नेछन्।
नबिल बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, बैंक अफ काठमाडौँ, मेगा बैंक, एनसीसी बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक र सांग्रिला बैंकका ग्राहकहरूले माथि उल्लेखित छुटहरू प्राप्त गर्न सक्नेछन्।
यी प्रिपेमेन्ट छुटहरू सीमित अवधिको लागि मात्र प्रत्यक्ष हुनेछन्। तसर्थ, ग्राहकहरूलाई ११.११ सुरु हुने बित्तिकै छुटहरू प्राप्त गर्न अनुरोध गरिन्छ।
एनआईसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, एनएमबी बैंक र माछापुच्छ्रे बैंकका क्रेडिट कार्डको माध्यमबाट ० प्रतिशत ब्याजमा सजिलो मासिक किस्ता योजनाको मजा लिन सक्नेछन्।
साथै, आईएमईपे वा ईसेवा मार्फत भुक्तानी गर्ने ग्राहकहरुले १५ प्रतिशत अधिकतम एक हजार एक सय एघार सम्मको अतिरिक्त छुट पाउन सक्नेछन्। दराज प्रयोगकर्ताहरुलाई छुट प्राप्त गर्नको लागी आफ्नो बैंक कार्ड सक्रिय गर्न सल्लाह दिइन्छ।
यस वर्षको ११ .११ मा नयाँ रियलमि जिटी नियो टु जीको विशेष लन्चसहित फेसन, इलेक्ट्रोनिक्स, घरेलु उपकरणहर, र थप अन्य विभिन्न कोटीहरूमा विशेष डिल्स र प्रस्तावहरू रहेको छ।
सामसङ, फिलिप्स, रोटो, सिजी डिजीटल, लेनोभो र अन्य गरी २२ प्रचालित ब्रान्डहरूले विशेष छुट दिने बताइएको छ। यससँगै टिभीएस, कोका कोला र सन्सिल्क ११ .११ का विशेष साझेदारहरू रहेको कम्पनीले जानकारी दिएको छ।