खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ (प्याक) सार्वजनिक गरेको छ। शुक्रबार एक समारोहबीच रमले आकर्षक लुक्ससहितको नयाँ प्याक सार्वजनिक गरेको हो।
स्थापनाको ६२ औं वर्षमा समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गर्दै आकर्षक प्याक बजारमा उतारेको हो।
लण्डनको विश्वविख्यात कम्पनीले डिजाइन गरेको नयाँ प्याकले ग्राहकको ध्यान तानेको देखिएको कम्पनीको दाबी छ।
खुकुरी रमले आफ्नो प्याक परिवर्तन गर्नुअघि देशविदेशका ग्राहकहरूसँग परामर्श गरेको जनाएको छ।
खुकुरी रमको पुरानो प्याकको अन्तिम ब्याचका उत्पादनहरू एक महिनाअघि नै बन्द भइसकेका छन्।
हाल नेपालबाहेक १३ देशका बजारमा खुकुरी रम उपलब्ध हुँदै आएको छ। खुकुरी रमको प्याकेजिङ स्थानीय र अन्तर्राष्ट्रिय बजारमा एकैसाथ परिवर्तन भएको छ।
खुकुरी रमको वर्षौंदेखिको मौलिक प्याकेजिङलाई ग्राहकको आकांक्षा अनुरुप परिस्कृत गर्दै तयार पारिएको बताइएको छ।
नयाँ प्याकेजिङले स्थानीय र विश्व बजारका ग्राहकहरूको मन जित्ने विश्वास खुकुरी रमको उत्पादक द नेपाल डिस्टीलरिजका महाप्रबन्धक शुभाष लामिछानेले बताए।
उनका अनुसार नयाँ प्याकमा समेत खुकुरी रमको उही पुरानै उत्कृष्ट स्वाद कायमै राखिएको छ।
गुणस्तरीयता र रम पिउँदा हुने अनुभूतिमा कुनै फरकपना नआओस् भन्ने विषयलाई विशेष रूपमा ध्यान दिइएको उनले बताए। खुकुरी रम नेपालमा रुचाइएको ब्रान्ड हो।