२४ घण्टा भित्र ७ लाख नेपालीलाई सेवा दिएर दराज ११.११ को चौथो संस्करणले पछिल्ला वर्षको सबै रेकर्ड तोड्न सफल भएको छ।
३६ करोड भन्दा बढीको बिक्रीसहित यो अहिलेसम्मकै सबैभन्दा ठूलो एक–दिवसीय सेल भएको कम्पनिले जानकारी दिएको छ।
अभियान सुरु भएको पहिलो घण्टामै ६ करोडको उत्पादन बिक्री भएको थियो। गत वर्षको पहिलो घण्टाको तुलनामा १३० प्रतिशतले बढी रहेको दराजको भनाइ छ।
गत वर्षको रेकर्ड तोड्दै यो अभियानमा ५० प्रतिशत भन्दा बढी बिक्री अनलाइन प्रि–पेमेन्ट मार्फत भएको छ।
११.११ मा बिक्री गर्ने हजारौं व्यवसायहरूमध्ये ५५ प्रतिशतले महामारीको समयमा दराजमा बिक्री सुरु गरेका थिए। यो कम्पनीले विगत डेढ वर्षमा साना र मझौला उद्यमहरूको व्यवसायहरू उत्थान गर्न जारी गरेको प्रयासहरूको परिणाम आएको दराज समूहका सीईओ र संस्थापक बियार्के मिक्केलसेनल बताए।
पहिलो ११.११ अर्डर सोही दिनको बिहान ८ बजे डेलिभर गरिएको थियो। त्यसपछि दराज आफ्ना ७ लजिस्टिक पार्टनर र एकहजार बढी डेलिभरी राइडरहरूसँग मिलेर देश भरका ४७ सहरहरूमा प्रत्येक अर्डर डेलिभर गर्नमा पूर्ण रूपमा केन्द्रित छ।
सेलको सफलताको बारेमा बोल्दै, दराज नेपालका एमडी लिनो अलरिङ्गले अहिलेको सेल हालसम्मको सबैभन्दा ठूलो रहेको बताए।
११.११ को भव्य सफलतापछि आउने दिनहरुमा ग्राहकहरुको लागि ११.११ का लोकप्रिय अफर र बिभिन्न ब्रान्ड हाइलाइटहरू लिएर आउने दराजले घोषणा गरेको छ।