एफम्यान फुटवेयर बिजनेस एक्स्पो २०७८ आजबाट सुरु भएको छ।
एक्स्पोको नारा स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो अभियान रहेको छ। साथ आज एक कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पानसमा दियो बालेर मेलाको उद्घाटन गरेका हुन्।
प्रमुख अतिथि ढकालले जुत्ता चप्पलमा नेपाल आत्मनिर्भर बन्दै गएकोले स्वदेशी उत्पादनका जुत्ता चप्पलको कारोबार गर्नुपर्नेमा जोड दिए।
आफ्नो देशको उत्पादन प्रयोगबाट मात्र समृद्धिको पहल गर्न सकिने र आफ्नै स्वदेशी वस्तुको प्रयोग र निर्यात बढाए मात्र हामी व्यवसायीसँगै देश पनि उभो लाग्ने विचार राखे।
फुटवेयर म्यानुफ्याम्चरर्स एशोसिएसन अफ नेपालले हरेक बर्ष गर्दे आइरहेको एक्स्पो यसपालि पनि प्रदर्शनी मार्ग स्थित भृकृटीमण्डपमा आयोजना गरेको हो।
मेलामा नेपालका चर्चित ३० वटा कम्पनिहरुका ३ हजार थरिका जु्त्ता चप्पलहरु राखिएको छ। ६० वटा भन्दा बढी स्टलहरु रहेको मेलामा उपभोक्ताले छानी छानी सस्तो मूल्यमा गुणस्तरिय जुत्ता चप्पल खरिद गर्न सक्नेछन्।
मेला १५ प्रतिशतदेखि ५० प्रतिसत सम्म छुट पाउनुका साथै नयाँ नयाँ मोडेलका जुत्ता तथा चप्पल ,बालबालिका तथा लेडिज जुत्ता चप्पल उपलब्ध छ। मेला कार्तिक २६ गतेदेखी मंसिर १३ गतेसम्म चल्नेछ।
संघको आयोजनाको यो तेस्रो ब्यापारीक मेला हो।
बर्षमा २ पटक काठमाण्डौँमा र हरेक प्रदेशमा बर्षमा एक पटक ब्यपारीक मेला आयोजना गर्नेसंघको निति अनुसार यो बर्षको पहिलो मेला आज ९कार्तिक २६० गतेबाट सुरु भएको हो।