राजदेवी इन्टरनेशनल प्रालिले नयाँ किटाणुनाशक उत्पादन नेपाली बजारमा ल्याएको छ।
रसियास्थित जेएससी कन्सर्नले उत्पादन गरेको भेलाभेलाको रोना, सार्स, हेपटाइटिस ए, बी, सी, इ र एचआइभि जस्ता खतरनाक किटाणुहरुका लागि अत्यन्त प्रभावकारी रहेको वैज्ञानिक पुष्टि भइसकेको छ।
उत्पादनले किटाणुहरु बाट मानवस्वास्थ्यलाई सुरक्षित राख्ने कम्पनीको दावी छ।
न्यूनएलर्जीको सम्भावना भएको भोलभेल कुनै पनि वस्तुको माथिल्लो सतह, लुगा, मास्क र छालामा प्रयोग गर्न सकिन्छ। यसैगरी, सार्वजनिकस्थान, कार्यालय, सवारीसाधन, अस्पताल, शैक्षिक संस्था इत्यादिलाई किटाणुहरुबाट सुरक्षित राख्न निकै उपयोगी छ।
यो उत्पादन नेपाल ल्याउनका लागि नेपालस्थित रसियन दुतावासले सहयोग गरेको हो।
धेरै वर्षपछि नेपाल र रसियाको सिधा व्यापारिक सम्पर्क शुरु भएको छ।