पछिल्लो समय नेपालमा कफी कल्चर बढेसँगै कफी सपहरु खुल्ने क्रम बढ्दो छ। यससँगै कफी पारखीहरु माझ छुटै परिचय बनाउन सफल रेडमड कफीले विराटनगरमा आफ्नो १०औँ आउटलेट विस्तार गरेको छ।
विराटनगरको रेन्बो गल्ली, ट्राफिक चोकमा उक्त आउटलेट सञ्चालनमा आएको हो।
सन् २०१२ बाट थापाथलीबाट सुरुवात भएको रेडमड कफीले मनाङदेखि पश्चिममा धनगढी हुँदै पूर्वमा विराटनगरसम्म आफ्नो सेवा प्रदान गर्न सफल भएको छ। अहिले काठमाडौंँको नयाँ बानेश्वर , दरबारमार्ग, डिल्लीबजार, एकान्तकुना, गैरीधारा, झम्सिखेल , थापाथलीमा रेडमड कफी सञ्चालनमा आइरहेको छ।
यससँगै रेडमड कफीले अब चाडैँ नै अन्य ठाउँमा पनि आउटलेट खोल्ने तयारी गरेको सञ्चालक प्रवेश हुमागाईं बताएका छन्। साथै रेडमड कफीसँग सहकार्य गर्न चाहने व्यक्तिले फ्रेन्चाइजका लागि कार्यालयमा सम्पर्क गर्न सक्ने पनि बताए।