सेल्सबेरीको यामाहा फेसिनो–१२५ जित्ने योजनाको बिजेता छानिएको छ।
दसैं तिहारको अवसरमा सेल्सबेरीले यामाहा सँगको सहकार्यमा एक महिने अफर आयोजना गरेको थियो।
यस योजनाको भाग्यसाली विजेता प्रजेशलाल श्रेष्ठ भएका छन्। बिजेतालाई सेल्सबेरी तथा यामाहा टिमबाट बधाइ दिइएको छ।
टिभी, फ्रिज, वासिङ, मेसिन वा ओभनको खरिदमा उक्त स्कुटर जित्ने अवसर भएको यस अभियानको बिजेता छनौट सेल्सबेरीको प्रधान कार्यालय, सातदोबाटोमा गरिएको थियो।
उक्त योजनाको भाग्यशाली विजेताको घोषणा सेल्सबेरीका सिओओ रमेश कार्की, पोखरा प्रदेशका प्रबन्धक, दयाल गिरी, यामाहाकी मार्केटिंग म्यानेजर बिबेचना श्रेष्ठ र ब्रान्ड अफिसर भारती आचार्यको उपस्तिथिमा गरिएको थियो।
सो अफर सेल्सबेरी डिपार्टमेन्ट स्टोर र सेलवेज पोखरामा संचालन गरिएको थियो। यस अभियानमा सहभागी हुनुहुने सबैलाई सेल्सबेरीको तर्फबाट धन्यवाद दिइएको छ।