स्पाइसजेट एयरलाइन्सले नेपाल–भारतबीच रहेको सीमित उडान ‘एयर बबल’ प्रणाली हटेसँगै उडान सुरु गर्ने भएको छ।
आधिकारिक जेनिथ ट्राभल प्रालिका मेनेजर दीपक मैनालीका अनुसार स्पाइसजेटले दिल्ली–काठमाडौं– दिल्ली र मुम्बइ–काठमाडौं–मुम्बइ उडान गर्नेछ।
स्पाइसजेटले मुम्बइ–काठमाडौं हप्ताको चार उडान भर्नेछ। दिल्ली–काठमाडौंमा दैनिक एक उडान भर्नेछ।
कम्पनीले महामारीअघि नै उडान अनुमति पाएको थियो तर उडान सुरु गरेको थिएन।